स्याङ्जामा पाइन्छ साउन देखि फागुन सम्म सुन्तला

स्याङजा ।
जोकोही पनि सुन्तलाका पारखी हुन्छन् । सुन्तलाका पारखीले यसको स्वाद लिन कात्तिक मंसिर नै कुर्नुपर्छ । तर स्याङ्जामा भने साउन देखि फागुन सम्म सुन्तला पाउन सकिन्छ । पछिल्लो समय स्याङ्जामा बेमौसमी बिदेशी जातका सुन्तला खेति गर्ने कृषकको आकर्षण बढेको छ ।
जापानिज उन्सु, पाकिस्तानी किन्नु र मुन्तला जातको सुन्तलामा आकर्षण बढेसँगै वर्षमा करिब ८ महिना सुन्तला पाइने भएको हो । पातलो बोक्रा र गुलियो स्वाद भएको कारण यो सुन्तला नेपाली बजारमा पाइने स्थानीय सुन्तला भन्दा फरक नहुने कृषक पुतलीबजार—१३, मायाटारीका बोधराज अर्याल बताउँछन् ।
स्थानीय जातको सुन्तला ६० रुपैँया प्रतिकेजी बिक्री हुँने गरेको भएपनि बेमौसी जातका सुन्तलाको मुल्य दोब्बर हुने कृषक अर्यालको भनाई छ । अर्याल भन्छन् , ‘सुन्तलाको भण्डारण गर्ने प्राविधिक ज्ञान कृषकमा भयो भने हामी बाह्रै महिना सुन्तला बिक्री गर्न सक्छौँ ।’
अर्यालले बर्षेनी १४ लाख बढी मूल्यको मौसमी तथा बेमौसमी सुन्तला निर्यात गर्ने गरेका छन् । अहिले स्याङ्जाको पुतलीबजार, भिरकोट, अर्जुचौपारी लगाएतका पालिकाहरुमा उन्सु ,किन्नु जातको सुन्तला खेती हुने गरेको छ । जिल्लाभर १९०० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका सुन्तला खेती हुँदै आएको छ ।
बर्षेनी ६० करोड भन्दा बढिको सुन्तला निर्यात हुने गरेको प्रधानमन्त्री सुन्तला आधुनीकिकरण सुन्तला सुपर जोनका प्रमुख माधव लम्साल बताए । सुपर जोनमार्फत नयाँ क्षेत्र बिस्तार गर्न बगैँचा सुधारको कार्यक्रमलाइ प्राथमिकतामा राखिएको छ ।
यस वर्ष सुन्तला भण्डारण गर्न संचालन गरिएको कोल्ड स्टोरको कारण पनि सुन्तला कृषकले गत वर्षको तुलनामा बजार भाउ बढि पाउनेमा विश्वस्त छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया