पार्दी माविका विद्यार्थीलाई साइबर अपराध तथा लागुपदार्थ दुव्र्यसनी सम्वन्धि सचेतना
समाधान संवाददाता
२०७९ भदौ ३० गते १८:०३

पोखरा ।
नगर युवा परिषद वडा नम्बर १७ को आयोजनामा साइबर अपराध तथा लागुपदार्थ दुव्र्यसनी सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पार्दी माविका कक्षा ११ र १२ का विद्यार्थीलाई बिहीबार सचेतना दिइएको हो । कार्यक्रममा ९० जनाभन्दा बढी विद्यार्थी सहभागि थिए । प्रहरी निरीक्षक हरी प्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिकाकुमारी शाही, वडा १७ का सचिव मञ्जु ढुङ्गाना, पार्दी माविका प्रधानाध्यापक, महानगर युवा परिषदका सदस्य सन्तोष पोखरेल, स्काउट मास्टर महेन्द्र उपाध्यायलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
परिषदका अध्यक्ष सरस्वती पुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य युवा परिषद १७ की सदस्य शिवराज न्यौपानेले राखेका थिए । कार्यक्रमको संचालन परिषदका सचिव प्राणनाथ पौडेलले गरेका थिए ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया