जनप्रिय माविमा स्वागत
समाधान संवाददाता
२०७९ भदौ ३१ गते १२:४३
पोखरा ।
जनप्रिय मावि सिमलचौरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत गरिएको छ । विद्यार्थीलाई पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, विद्यालय प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, प्रातः कार्यक्रम संयोजक ईन्द्रबहादुर थापा, पूर्व विद्यार्थी मञ्च अध्यक्ष सरोजनारायण बराल लगायतले शैक्षिक सफलताको कामना गरे ।
कार्यक्रममा कक्षा १२ र एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र सौगात भुसाल र छात्रा अस्मिता ढुंगानालाई मायाको चिनो प्रदान गरिएको थियो । कक्षा १२ की छात्रा सविता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक श्रीकान्त पौडेलले पनि बोलेका थिए ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया