कवाडी व्यवसाय बस्ती भन्दा ५०० मिटर टाढा बनाउन पोखरा महानगरको निर्देशन
समाधान संवाददाता
२०७९ भदौ ३१ गते १३:३३

पोखरा ।
पोखरा महानगरपालिकाकाले कवाडी संकलन केन्द्रलाई बस्तीबाट कम्तिमा पनि ५०० मिटर टाढा स्थापना गर्न अनुरोध गरेको छ । डेंगु रोग फैलनुमा केन्द्र मुुख्य कारण रहेको भन्दै व्यवसाय संचालकलाई अन्यत्र सार्न निर्देशन दिएको हो ।
सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट व्यवसाय नहटाइएमा कानून अनुसार कारवाही हुने बताइएको छ । सम्बन्धित व्यक्तिलाई सम्झौता अवधि जतिसुकै भए पनि सोही अनुसार सम्झौता संशोधन गर्न सूचनामा उल्लेख छ ।
व्यवसाय वरपर क्षेत्रका पानी जम्ने खाल्डाखुल्डी, पानीका ड्रम तथा टिनका भाँडा, टायर, गमला लगायतका पानी जम्ने स्थानहरुलाई नष्ट गर्ने गराउने कार्यमा लाग्नु हुन सम्पूर्ण वडा कार्यालय, नागरिक समाज, सरोकारवाला तथा नगरवासीलाई महानगरले अनुरोध गरेको छ ।
सम्बन्धित







खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया