रोजगार बैंकमा निवेदन दिन पोखरा नगर कार्यपालिकाको आह्वान

समाधान संवाददाता २०७९ भदौ ३१ गते १४:०१

पोखरा ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाले रोजगार बैंकमा आवद्ध हुन चाहनेले निवेदन दिन आह्वान गरेको छ । १८ वर्ष पूरा भएका बेरोजगार व्यक्तिले आफु बस्दै आएको वडा कार्यालयमा निवेदन पेश गर्न सूचना प्रकाशित गरेको छ ।

Advertisement

२०७९ असोज मसान्त भित्रमा निवेदन दिइसक्नुपर्ने बताइएको छ । निवेदनसँगै नागरिकता, सीप दक्षता र शैक्षिक योग्यता, फोटो र वार्षिक पारिवारिक आम्दानि पेश गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया