पोखरामा ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध
समाधान संवाददाता
२०७९ भदौ ३१ गते १५:२२

पोखरा ।
पोखरा महानगरपालिकाकाले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध गर्ने निर्णय गरेको छ । वातावरणीय प्रदुषण न्युनिकरणका लागि उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको हो ।
प्लाष्टिक झोलाको विकल्पमा सूती, जुट, कपडा, कागजको झोला प्रयोग गर्न व्यवसायी तथा सर्वसाधरणलाई अनुरोध गरेको छ । प्रतिबन्धित प्लाष्टिक प्रयोग गरेको पाइएमा कानुनी कारबाही गरिने महानगरले बताएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया