पाेखरा महानगरले थाल्यो डेंगु नियन्त्रण अभियान

पोखरा ।
पछिल्लो समय मुलुकका मुख्य सहरमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग तीव्र गतिमा फैलिइरहेको छ । पोखरा महानगरपालिकामा पनि १ सयभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् । डेंगु रोकथामका लागि महानगरपालिकाले सचेतना अभियान सुरु गरेको छ ।
महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोग रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु भएको हो । महानगर मेयर धनराज आचार्यले डेंगु नियन्त्रणका लागि नागरिक सचेतना आवश्यक रहेको बताए । ‘डेंगुको थप उपचारभन्दा पनि यसलाई फैलन नदिनका लागि प्रमुख उपाय भनेको जनजागरण नै हो,’ उनले भने, ‘लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको बासस्थान खोज्ने र नष्ट गर्ने नै हो ।’ लामखुट्टेको सम्भावित वासस्थानको पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिन मेयर आचार्यले सरोकारवालालाई आग्रहसमेत गरे ।
ग्यारेज तथा कवाडी संकलन केन्द्रहरूमा रहेका पुराना टायर लामखुट्टेको सुरक्षित बासस्थानका रूपमा पाइएकाले त्यस प्रकृतिका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई थप सजगता अपनाउन उनले आग्रह गरे । यसअघि महानगरले कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै कवाडी संकलनमा आवद्ध व्यवसायीलाई केन्द्र बजार क्षेत्रबाट बाहिर सर्न आग्रह गरेको छ । महानगरले शुक्रबार ३५ दिने सूचना जारी गर्दै केन्द्रलाई मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न भनेको हो ।
स्वास्थ्य महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालले डेंगुको प्रकोप रोक्नका लागि सरोकारवालाको एकीकृत प्रयासमा जोड दिए । ‘डेंगु रोग पोखरा महानगरपालिकामा मात्र नभई राष्ट्रिय समस्याका रूपमा देखिएकाले यसको नियन्त्रणका लागि एकीकृत प्रयास आवश्यक छ,’ उनले भने ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया