वैदेशिक रोजगार छात्रवृत्ति वितरण

समाधान संवाददाता २०७९ असोज २ गते १२:२३

पोखरा ।
कास्कीबाट २०७८ को वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिएर छनोट भएका विद्यार्थीलाई बुधबार छात्रवृत्ति वितरण गरिएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं जिल्ला शिक्षा समिति कास्की संयोजक लीलाधर पौडेलले छात्रवृत्ति वितरण गरेका हुन् ।

Advertisement

छात्रवृत्ति विद्यार्थीका लागि पर्याप्त नभए पनि केही सहयोग अवश्य पुग्ने उनले बताए । रोजगारको खोजीमा विदेशिएका नेपालीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्ने एकमात्र उपाय स्वदेशमै रोजगारी सृजना भएको उनले जनाए । कार्यक्रममा कास्की जिल्लाबाट आवेदन दिएकामध्ये छनोटमा परेका ६० लाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख उपसचिव नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

वैदेशिक रोजगारका क्रममा जीवन गुमाउन पुगेकाका आश्रित परिवारका बढीमा ३ जनासम्म १८ वर्ष मुनिका बालबालिकालाई बोर्डले छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । सो अवसरमा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृतद्वय प्रकाशबन्धु अर्याल र भरत बराल, विद्यार्थीद्वय पूजन परियार र अञ्जन कार्की, अभिभावक महेश्वरी भण्डारी बास्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया