पोखरा १३ मा स्वास्थ्य शिविर
समाधान संवाददाता
२०७९ असोज २ गते १३:४५
पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १३ ले शनिबार महिलाको पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पछिल्लो समय वडा कार्यालयले महिलाको स्वास्थ्यमा संवेदनशील बन्दै विभिन्न समयमा परीक्षणको व्यवस्था गर्दै आएको छ ।
शिविरमा ३० देखि ६० वर्ष उमेर समूहका ४ सयभन्दा बढी महिलाले निशुल्क स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको विकास सँगसँगै वडाबासीको स्वास्थ्यलाई लिएर आफूहरु गम्भीर रहेको उनले बताए । वडाबासी स्वस्थ रहेमा मात्र वडाको विकास गर्न सकिने उनले सुनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया