पोखरा जेसीजको वक्तृत्वमाला

समाधान संवाददाता २०७९ असोज २ गते १७:५२

पोखरा ।
पोखरा जेसीजले आठौं वक्तृत्वमाला कार्यक्रम गरेको छ । संस्थाका सदस्यलाई सक्षम, सफल, र प्रभाव कारी नेतृत्व दायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रम उत्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले आफु जेसीजको सदस्य बन्ने रहर हुदा हुदै पनि बन्न नसकेको तर आज जेसीजको कार्यक्रममा आएर बोल्न पाउदा खुशी लागेको बताए । धेरै देशमा नेतृत्वदायी भुमिका निभाउन सक्ने व्यतिmहरुको उत्पादन गर्न सफल भईसकेको पोखराकै जेठो संस्थाको रुपमा जेसीज स्थापित भएको उनले बताए ।

प्रवचनमा सदस्य संजय कोईराला, विबेक ढुंगना, नवराज पौडेल, सुजन पोख्रेल र तिलक लामीछानेले बोल्ने कला प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा आगन्तुकहरुलाई धन्यवाद दिदै संस्थाका निवर्तमान अध्यक्ष किरण केसीले संस्थाले समाजमा प्रत्यक्ष रुपमा सरोकार राख्ने चेतना मुलक काम गरेको प्रति खुशी व्यक्त गर्दै देश निर्माणको निम्ती ठूलो योगदान दिएको बताए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिनराज खड्काले गरेका थिए भने कार्यक्रम संचालन कार्यक्रमका संयोजक श्रीकृष्ण सुनारले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया