एमालेको सूचीमा गण्डकीका २४ जना

समाधान संवाददाता २०७९ असोज ३ गते १०:५०

पोखरा ।
नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै चुनावको समानुपातिकतर्फका उम्मेदवारको नामावली टुंगो लगाएको हो ।

Advertisement

टुंगो लागेको समानुपातिक सूचीमा गण्डकी प्रदेशका २४ जना परेका छन् । आदिवासी, जनजातितर्फ ११, खस आर्यतफ ९, दलिततर्फ ४ जनाको नाम समावेश छ । जसमा १३ जना महिला छन् । उक्त नामावली सोमबार निर्वाचन आयोगमा बुझाउने प्रचार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया