‘व्यक्तिका कारण व्यवस्थालाई नै नसरापौं’

पोखरा ।
राजनीतिशास्त्र सोसाइटी नेपाल (पोस्सोन)ले संविधान कार्यान्वयन सम्बन्धमा आसन्न निर्वाचनमा उम्मेदवार छनोटको आधारबारे छलफल गरेको छ । कार्यक्रममा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपालको लोकतान्त्रिक संघीय व्यवस्था राम्रो भएको दाबी गरे ।
अहिले पनि देश संविधान कार्यान्वयनकै क्रममा रहेको भन्दै उनले सकारात्मक पक्षभन्दा नकारात्मक कुरा बढी उजागर हुँदा संघीयताका विषयमा नकारात्मक टिप्पणी हुन थालेको उनको भनाइ छ । केही व्यक्ति नराम्रा भए भन्दैमा व्यवस्थाकै विरोध गर्न नहुनेमा उनको जोड छ ।
कार्यक्रममा प्राडा गिरधारी दाहालले नेपालका संविधानको इतिहास र आसन्न निर्वाचनमा उम्मेद्वार छनोटका आधारका विषयमा विश्लेषण पेश गरे । उनको कार्यपत्रमा प्राडा उमानाथ बरालले टिप्पणी गरे । बराले हाल राजनीतिलाई सेवा भन्दा पेशा बनाइएको, पैसाको बलमा चुनावमा टिकट पाउने र जित्ने प्रवृत्ति रहेको, वारम्बार एउटै व्यक्ति चुनावमा उठ्ने लगायतका कारण योग्य व्यक्ति उच्च राजनैतिक पदमा पुग्न नसकेको र राजनीतिमा सुधार हुन नसकेको विचार राखे ।
राजनीतिशास्त्रका प्राध्यापक गजेन्द्रप्रसाद च्वाईले राजनीति गर्ने व्यक्तिमा नैतिकता र सादगीपन जरुरी हुने जनाए । अहिलेका राजनैतिक दलका नेता विलासी जीवन व्यतीत गर्ने र देश र जनताको लागि राजनीति गरेको भन्ने भन्नु ढोगीपन भएको जनाए ।
राजनीतिशास्त्र बिभागका प्रमुख प्रा थानबहादुर क्षेत्रीले अहिलेका राजनीतिक दल कुनै दर्शनबाट नभई बिचौलियाबाट चलेको दाबी गरे । राजनीतिशास्त्र सोसाइटी नेपालको स्थापनाको उद्देश्यका बारेमा संस्थाका सल्लाहकारसमेत रहेका वरिष्ठ अधिवक्ता माधवराज बास्तोलाले प्रकाश पारे ।
गोष्ठीमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको थियो । सोही कार्यक्रममार्फत पोलिटिकल साइन्स सोसाइटी नेपालले ५ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । कार्यक्रममा सोसाइटीका सहकोषाध्यक्ष क्या सन्तबहादुर लामिछाने नेपालकै पहिलो हट एअर बेलुनका प्रविधिक बनेकोमा रसल्लाहकार एवम् विधान मस्यौदा समिति संयोजक माधवराज बास्तोला वरिष्ठ अधिवक्ता भएकोमा सोसाइटीले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद मोहन रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज बराल, जिल्ला सम्वन्वय समिति कास्कीका कार्यकारी अधिकृत नवराज बराल, पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, नेकपा एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, नेपाली कांग्रेसका नेता आनन्दराज मुल्मी, राप्रपाका डा. सूर्यबहादुर गुरुङ, नेपाल समाजवादी पार्टीका जिल्ला इन्चार्ज टीकाराम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष विष्णु गुरुङ एकता, सोसाइटीका उपाध्यक्ष फरेन्द्र थापा, सह–सचिव डा सञ्जय कोईराला र सचिव मिलन आलेले बोलेका थिए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया