आर्ट क्याम्पमा ४ देशका कलाकार

समाधान संवाददाता २०७९ असोज ३ गते ११:४१

पोखरा ।
पोखरामा ‘पोखरा आर्ट क्याम्प सुरु’ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपाल र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा क्याम्प सुरु भएको हो । सोमबारसम्म चल्ने आर्ट क्याम्पमा ४ देशका कलाकारको सहभागितामा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

क्याम्पमा नेपालसहित बंगलादेश, भारत र इरानका कलाकार छन् । नेपालबाट ९०, बगंलादेशबाट १७, भारतबाट ८ र इरानबाट ६ कलाकारको सहभागिता रहेको सदस्य सचिव श्रेष्ठले बताए । आर्ट क्याम्प पूर्व गृहमन्त्री खगराज अधिकारीले उदुघाटन गरेका थिए । उनले आर्ट क्याम्पको आयोजनाले एकापसमा कलाको आदानप्रदान गर्न सघाउने विश्वास व्यक्त गरे । कार्यक्रममा भारत, बगंलादेश र नेपालका १२ जना कलाकारले प्रत्यक्ष कला ‘डेमोस्ट्रेसन’ गरेका थिए ।

आइडब्लुएस नेपाल अध्यक्ष एनबी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, कवि रमेश श्रेष्ठ, समाजसेवी अशोक पालिखे, प्रतिष्ठान गण्डकी उपकुलपति गोरे गुरुङ, बंगलादेशका मोहम्मद समिक अलाम, इरानका नदिर हुसेन, भारतका विजय बिस्वेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया