गायक विवेकको लगानीमा खुल्यो म्याक्सी म्याक्स

पोखरा ।
अस्ट्रेलियामा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । शैक्षिक परामर्श केन्द्रको उद्घाट्न कवि विष्णुकुमार श्रेष्ठ अल्पविराम र राजेश्वरी श्रेष्ठले गरे ।
नेपाली संगीतमा ख्याति कमाएको पोखरेली ब्यान्ड कन्दराका गायक विवेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो हो । यसअघि नेपालमा चितवनको पर्सा तथा काठमाडाैंको कुमारीपाटीमा यसका शाखा सञ्चालनमा आइसकेका छन् । यसबाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसका शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताए ।
म्याक्सी म्याक्सले अस्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशका कलेज तथा युनिभर्सिटीमा अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा बिभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले पढ्न पाउने विषय र अवसर तथा त्यसका लागि चाहिने प्रक्रियाका बारेमा अवगत गराएका थिए ।
पोखरा चिप्लेढुंगाको आयुष प्लाजामा अवस्थित शैक्षिक परामर्श केन्द्रले विद्यार्थीका लागि कलेज, युनिभर्सिटी तथा विषय छान्न परामर्श र प्रक्रियाका सहयोग गर्नेछ । यसका अलावा दक्ष जनशक्तिलाई माइग्रेशनसम्बन्धी सेवा तथा भिजिट भिसामा जान चाहनेका लागि पनि उचित परामर्श, डकुमेन्टेसन तथा प्रक्रियाका लागि सघाउनेछ ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया