सुजुकीमा नयाँ अफर

समाधान संवाददाता २०७९ असोज ३ गते १२:३९

काठमाडौं ।
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले यस दसैं, तिहार भरीका लागि आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । ‘सुजुकी पर्वोत्सव अफर’ अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट ग्राहकले पाउन सक्ने छ ।

Advertisement

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक हिसाबका छुट लागू हुनेछ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल विक्री, वितरण हुन्छन् ।
यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया