केपी ओली र उनको राष्ट्रवाद

मान्छेले कुनै पनि विषयमा खराब चरित्र देखाउन हुदैँन नै । राष्ट्रको जिम्मेवार तहमा पुगेका व्यक्तिले त झनै नक्कली चरित्र प्रदर्शन गर्नु हुँदैन । नक्कली चरित्र देखाउन थाले एकदिन अवश्य भण्डाफोर हुन्छ, व्यक्तिको चरित्रमात्र उदांगिदैन, समाजको सन्तुलन, स्थिरतामाथि नै प्रहार हुन्छ । यो उदाहरण पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा लागु हुन्छ ।
ओलीको खराब चरित्र नागरिकता विधेयकले झल्काउँछ । आफू शक्तिमा हुँदा त्यही विधेयकलाई अध्यादेशमार्फत ल्याउने ओली नै अहिले विधेयकको विरोधमा छन् । लोकप्रियताको लागि उनले अध्यादेश ल्याउँदा सही हुने, अहिले त्यही विधेयकलाई संसदमा बहस पछि पठाउँदा गलत हुने ? खासमा ओलीले अध्यादेशमार्फत विधेयक ल्याउनु राजनीतिक खेलको हतियार थियो ।
ओलीले सत्ता बाहिर रहेर पनि राष्ट्रहित विरुद्ध भुमिका खेलिरहेका छन् भन्दा कसैलाई अनौठो लाग्यो भने एमसिसि पारित भएको घटनालाई हेरे विस्वास हुन सक्ला
ओलीले तराईमा गुमेको लोकप्रियतालाई जोगाउन÷बढाउन संसद विघटनको छेकोमा अध्यादेश ल्याएका थिए । तर अहिले त्इही विधेयकमा भने ओली र उनका पार्टीका नेता कार्यकर्ताको चर्को आलोचना सुन्न पाइन्छ । यो गलत चरित्र हो, नक्कली राष्ट्रवाद हो ।
नक्कली राष्ट्रवाद केही बेर चर्को होला, तर प्रभावको दृष्टिकोणले छोटो समयमात्र रहन्छ । नक्कली राष्ट्रवाद निहित स्वार्थको उपजमात्र हो, स्वार्थ परिपूर्ती गर्ने माध्यम हो । यसको अवलम्बन गर्नु उचित होइन । नागरिकता विधेयक गलत नै हो भने ओलीले एकपटक गम्भीर आत्मालोचना गर्न सक्नुपर्छ, होइन भने यसको विरोध आफूले पनि गर्नुहुँदैन र पार्टीका कार्यकर्तालाई पनि गर्न लगाउनु हुँदैन । आफैंले अध्यादेशमार्फत ल्याउन चाहेको विधेयक अहिले एकाएक कसरी गलत भयो ? जनतालाई बुझाउन सक्नुपर्छ, जनतालाई उत्तर दिनुपर्छ ।
तर ओलीले आत्मालोचना गर्दैनन् । उल्टै आफ्ना कामले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठ्ने वातावरण बनाएका छन् । राष्ट्रपतिलाई ओलीले असंख्य पटक विवादमा तानेका छन्, संस्थाको गरिमा घटाएका छन् । ओलीको राजनीति नै देशमा भाँडभैलो गरेर आफू सत्तामा पुग्नु हो । भद्रगोल गरेर गोल गर्नु नै उनको राजनीतिको शैली हो ।
ओली प्रमुख प्रतिपक्ष दलका नेता हुन् । पार्टीमा उनी बाहेक अरु नेता नभएकै होइनन् । ओलीकै दाबी अनुसार सबैभन्दा ठूलो संगठन भएको पार्टी नै उनको एमाले हो । तर पार्टीले गर्ने कुनै पनि निर्णयलाई उनले सामूहिक मान्दैनन्, आफू स्वयंको मात्र मान्छन् । ओलीको मपाइत्वले दिनहुँ एमाले नेताहरुलाई गिज्जाइरहन्छ । एक व्यक्तिले मात्र सम्पूर्ण श्रेय लिन खोज्नु नै गलत छ । एकले मात्र परिवर्तन हुने भए यत्रा संगठनको औचित्य के हो ?
देशको चुच्चे नक्सा प्रकाशनका बेला ओली एकदिन भर संसदमा सम्बोधन गरे । उनको दाबी थियो कि उनले नक्सा पास मात्र गर्ने छैनन्, भूमि नै फिर्ता ल्याउने छन् । तर उनको कामको शैली भने ठीक उल्टो भयो । भारतका गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमै उनले गोप्य वार्तालाप गरे । मध्यरातमा भएको वार्ताको आवश्यकता के थियो ? छलफलमा उठेका विषय के थिए ? जनताले थाहा पाउने गरी सार्वजनिक हुने कहिले ? ‘राष्ट्रवादी’ नेताले मध्यरात विदेशी गुप्तचर निकायसँग गरेको छलफलबारे पढ्ने, हामी जनताले सुन्ने कहिले ?
एमसिसि र एसपिपि जस्ता राष्ट्रघाती परियोजनामा केपी ओली र राजेन्द्र क्षेत्रीलाई मुद्दा चलाइए के हुन्छ ? ओलीले सत्ता बाहिर रहेर पनि राष्ट्रहित विरुद्ध भुमिका खेलिरहेका छन् भन्दा कसैलाई अनौठो लाग्यो भने एमसिसि पारित भएको घटनालाई हेरे विस्वास हुन सक्ला । केपीले देखाएको नक्कली राष्ट्रवाद र राष्ट्रहित विपरित सत्ता बाहिर बसेर पनि उनले खेलेको भुमिकाबारे इतिहास साक्षी छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया