चौरपाखा विकासका लागि समिति

समाधान संवाददाता २०७९ असोज ३ गते १४:५०

पोखरा ।
पोखरा १८ स्थित चौरपाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको त्यहाँका जनप्रतिनिधिले बताएका छन् । शनिबार भएको भेलाका बीच वडा सदस्य नमराज सुवेदीले हिजो चौरपाखाको विकासलाई उपेक्षा गरिएकोमा दुःख व्यक्त गर्दै अब त्यस्तो नहुने प्रतिबद्धता गरे ।

Advertisement

विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै वडा सदस्य सुवेदीले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक बत्ती सहयोग गर्ने प्रतिबद्धता गरे । वडा सदस्य रमेशबहादुर थापाले पोखराको मुख्य क्षेत्रबाट चौरपाखा नजिक रहे पनि विकट रहेको औँल्याउँदै गाउँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि वडा संवेदनशील रहेको सुनाए ।

जनप्रतिनिधिसमक्ष गाउँलेले सडक स्तरोन्नतिका साथै चौरपाखादेखि मेथलाङसम्म सिढी बाटो निर्माण, काठे पोल विस्थापन साथै गाउँमा एक घर एक धारा कार्यक्रम लागु गरिदिन माग पनि गरे । भेलाले श्रीभद्र पौडेलको अध्यक्षतामा सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समिति गठन गरेको छ । समिति उपाध्यक्षमा सञ्जीव अधिकारी, सचिव मैयाँ भुर्तेल अधिकारी र कोषाध्यक्ष लीलारमण भुर्तेल छन् ।

Advertisement

सदस्यमा नवराज अधिकारी(नवीन), पार्वती अधिकारी, ईन्द्रप्रसाद अधिकारी, राजुप्रसाद अधिकारी र ईन्द्रबहादुर केसी छन् । भेलाले इन्जिनियर सुलील अधिकारीको संयोजकत्वमा हरिश्चन्द्र अधिकारी र वडा सदस्य नमराज सुवेदी सदस्य रहेको अनुगमन समिति पनि गठन भएको छ । टंकप्रसाद अधिकारी, रामप्रसाद ज्ञवाली, भगवान् अधिकारी र शिवप्रसाद अधिकारीलाई सल्लाहाकार मनोनयन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया