दोभाषे बनेर पोखरा १२ का वडाध्यक्षले अमेरिकी डाक्टरबाट जँचाए स्थानीय

पोखरा ।
स्वास्थ्य जाँचका लागि स्थानीय जम्मा भएका थिए । तर बिरामीको बेथा चिकित्सक (डाक्टर)ले नुबुझ्ने अनि डाक्टरले भनेको बिरामीले । त्यसपछि वडाध्यक्ष सन्तोष बास्तोला आफै अघि सरे—बिरामीले भनेको कुरा डाक्टरलाई बताइदिए । डाक्टरले दिएका सल्लाह बिरामीलाई सुनाइ दिए ।
पोखरा महानगरपालिका वडा नम्बर १२ मा त्यसरी नै आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म स्वास्थ्य शिविर चल्यो । जहाँ । स्थानीय सयभन्दा बढी जनाले निशुल्क लाभ लिए । शिविरका लागि अमेरिकाको न्युयोर्क नर्सिङ एसोसिएसनबाट चिकित्सक र स्वास्थ्यकर्मी आएका थिए ।
नेपाल नर्सिङ संघ पोखराले शिविर व्यवस्थापन गरेका थियो । संघकी अध्यक्ष चित्रा केसीमार्फत नै अमेरिकी टोली स्वास्थ्य शिविरका लागि आएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए । संघको कार्यालय पोखरा १२ मा छ । वडाध्यक्षका अनुसार अमेरिकी टोलीले आगामी दिनमा पनि स्वास्थ्यका कार्यक्रममा सहयोग निरन्तर रहने बताएको छ ।
वडावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । शिविरमा सिंगै शरीर जाँच, मधुमेह, उच्च रक्तचाप, आँखा लगायतको जाँच गरी निशुल्क औषधी वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया