फेवा सहकारीको पुँजी साढे ११ करोड

समाधान संवाददाता २०७९ असोज ३ गते १८:०३

पोखरा ।
फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्षमा २०७८/०७९ सेयर पुँजी १४ दशमलव ८३ प्रतिशत बढाएर ११ करोड ५० लाख १४ हजार ८ पुर्‍याएको छ । सहकारीको आर्थिक वर्ष २०७७/०७८ को सेयर पुँजी १० करोड १ लाख ५७ हजार ८ सय थियो । सहकारीको सोमबार भएको २३ औं वार्षिक साधारण सभा तथा फेवा सहकारीको प्रधान कार्यालयको समुद्घाटन समारोहमा अध्यक्ष चन्द्रबहादुर गुरुङले सहकारीको निक्षेप संकलन ९५ करोड ३० लाख ८२ हजार ५ सय ४९ रहेको जानकारी दिए ।

सहकारी यस आर्थिक वर्षमा निक्षेप २९ दशमलव ६८ प्रतिशत निक्षेप बढाउन सफल भएको हो । सहकारीको गत आर्थिक वर्षको निक्षेप ७३ करोड ४८ लाख ९३ हजार १ सय १४ रहेको थियो । सहकारीले यस आर्थिक वर्षमा १ अर्ब ४८ लाख २३ हजार ९ सय २१ रुपैयाँ कर्जा लगानी गरेको छ । अध्यक्ष गुरुङले सहकारीको गत वर्ष ७७ करोड ९६ लाख ६२ हजार ९ सय ९८ कर्जा लगानी गरेको बताए ।

सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड २ लाख ६१ हजार ५ सय ७४ रुपैयाँ आम्दानी गरेकोमा १० करोड १२ लाख ८६ हजार ६ सय ३२ कुल खर्च कट्टा गरी ३ करोड ८९ लाख ७४ हजार ९ सय ४० सञ्चालन बचत गर्न सफल भएको छ । सहकारीमा २ हजार ५ सय सेयर सदस्य छन् ।

Advertisement

पोखरा ५ जिरोकिमी फेवामार्गमा प्रधान कार्यालय रहेको सहकारीको पोखरा ८ सिर्जनाचोक र पोखरा १३ भद्रकालीमा सेवा केन्द्र छन् । सहकारीका अध्यक्ष गुरुङले सहकारीको कुल कारोबार १ अर्ब २६ करोड ३० लाख २६ हजार ३ सय २८ रहेको जानकारी दिए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीले उत्पादन तथा सेवामुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

सभाले अध्यक्ष चन्द्रप्रसाद गुरुङले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलको प्रस्तावित नीति, कार्यक्रम र बजेट, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सगुन कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

Advertisement

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका सञ्चालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक कमला गिरी, पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराल, जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइराला, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारी, सहकारीका संस्थापक अध्यक्ष गजाधर आचार्य, सहकारीका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठ, सचिव दिलबहादुर भट्टराई, कोषाध्यक्ष शेरकाजी गुरुङ, प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा सहकारीका प्रबन्धक जगन तिमिल्सिना लगायत उत्कृष्ट बचत तथा कर्जातर्फका सेयर सदस्य, भवन निर्माण समिति सदस्यलाई सम्मान गरिएको सचिव भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया