कपाल काटेको शुल्क एकैपटक ५० रुपैयाँ बढ्यो

समाधान संवाददाता २०७९ असोज ४ गते १०:२८

पोखरा ।
गण्डकी तथा कास्की नाई संघले पोखरा उपत्यकाका सैलुनको शुल्क बढाएको छ । संघले चालु आर्थिक वर्षबाट नै नयाँ दर कायम गरेको हो । अब साधारण कपाल काटेको शुल्क १ सय ५० रुपैयाँ लाग्नेछ । यसअघि यो शुल्क १ सय रुपैयाँ थियो । दाह्री काटेको शुल्क १ सय तोकिएको छ । कपाल छुराले खैरेको २ सय, स्पेसल दाह्री काटेको १ सय ५०, फ्रेन्च दाह्री काटेको १ सय २०, सेम्फु गरेको १ सय, हेयर ड्रायर १ सय, साधारण कपाल कालो गरेको ३ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

काठमाडौंमा भन्दा पोखरामा ५० रुपैयाँचाहिँ सस्तो

कपाल कालो स्पेसल ५ सय, कपाल रातो गरेको ४ सय, कपाल हाइलाइट गरको ५ सयदेखि १ हजारसम्म, कपाल रेजर गरेको १ सय, टाउको मसाज गरेको १ सय ५०, मसाज गरेको ४ सय, फेसियल गरेको ५ सयदेखि १ हजारसम्म, फेसियल किट गरेको १ हजारदेखि १५ सयसम्म, फेस मसाज गरेको २ सय ५०, फेसवाँस र स्टिम गरेको ५ सय, फेसवास गरेको २ सय ५०, फेस ब्लिच गरेको ४ सय, थे्रडिङ गरेको १ सय, हेयर स्टे«ड गरेको १५ सयदेखि ३ हजारसम्म बनाइएको छ । हेयर आइरन गरेको ५ सय, होम सर्भिस गरेको प्रति व्यक्ति ५ सय रुपैयाँ नयाँ दर रेट कायम भएको हो ।

Advertisement

संघले सबै कुरामा महँगी बढेका कारण सैलुन सेवाको शुल्क बढाउनुपरकेको जनाएको छ । नाई संघले काठमाडौं उपत्यकामा पनि सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागु हुने गरी नयाँ दरकायम गरेको हो । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २ सय रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १ सय ५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १ सय २० देखि २ सय रुपैयाँ तोकिएको छ ।

काडमाडौंमा कपाल डिजाइन गरेको ३ सय ५० देखि ५ सय, दाह्री डिजाइन गरेको १ सय ५० देखि २ सय ५०, टाउको मसाज गरेको २ सय, स्याम्पु गरेको १ सय २० देखि १ सय ५०, कपाल कलर गरेको ५ सयदेखि ६ सय ५०, फेसियल गरेको १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म पुगेको संघले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया