स्वरुप फेरियो, विभेद रहिरह्यो

पोखरा ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी कास्कीले सातौं जिल्ला सम्मेलन सोमबार भएको छ । ‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भएको सम्मेलनमा ४ सय ५६ प्रतिनिधिले भाग लिएका छन् ।
मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले पछिल्लो समयमा प्रत्यक्ष रुपमा छुवाछुतका घटना नदेखिए पनि दलित समुदायले नयाँ ढंगले अपमान र तिरस्कार व्यहोर्नु परेको जानकारी दिए । उनले विभेदका शृखला नयाँ नयाँ रुपले सुरु भएको बताए । ‘समाज व्यवस्था हामीले अपेक्षा गरे अनुसार सुधार भएन । अहिले पनि दलित समुदायले समाजमा परिवर्तनको अनुभूति गर्न सकेका छैनाैं,’ उनले भने, ‘नयाँ स्वरुपले विभेदको शृंखलाले दलित समुदायले वषौंदेखि खेपेको पिडालाई थप पीडा दिने काम गरेको छ ।’
उनले दलितका मुद्दालाई स्थापित गर्नका लागि संगठनलाई व्यवस्थित बनाउने बताए । उनले जनताको बहुदलीय जनवादमार्फत वर्गीय मुक्ति सम्भव भएको दाबी गरे । एमाले केन्द्रीय सदस्य गोविन्द नेपालीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अडानले नेपालको संविधान जारी भएको बताए । भगत सर्वजीत विश्वकर्माको नेतृत्वमा दलित समुदायको सशक्तीकरण भएको जनाउँदै उनले अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष ओलीको नेतृत्वमा मुलुकको रुपान्तरण हुने जिकिर गरे ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, गण्डकी प्रदेश कमिटी अध्यक्ष निर्मल दियाली सुनार, समाजका केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष दामबहादुर विश्वकर्मा, कास्कीका सहसचिव बलराम लाम्गादे विश्वकर्मा र सम्मेलन प्रचारप्रसार उपसमितिका संयोजक किसान सेवा परियारले २०४५ सालमा स्थापना भएको मुक्ति समाजले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणमा काम गरेको बताए ।









कुर्सी छोडेर ‘काउन्टर’ मा : जब वडाध्यक्ष आफैं रसिद काट्न तम्सिए…
तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया