मदरल्यान्डमा शिक्षक–अभिभावक अन्तक्रिया

पोखरा ।
पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावक र विद्यालय प्रशासनबीच सोमबार अन्तक्र्रिया भएको छ ।
शिक्षक र अभिभावकबीच बिहान र दिउँसो गरी २ दिनसम्म अन्तक्र्रिया भएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवं शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले बताए । विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थी असल र राम्रो बनून भन्ने हुने बताए । निरन्तर व्यायामका साथै परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर दैनिक केही समय कुराकानी गर्ने बानी बसाल्नाले अहिलेका विद्यार्थीमा सामाजिक भावना र मानवीय चेतना विकास हुने बताए ।
अभिभावकहरु लक्ष्मी न्यौपाने, कृष्ण केसी, ओमबहादुर कार्की, शिवराज आचार्य लगायतले बेला बेलामा विद्यार्थीलाई अभिभावक, शिक्षक र विद्यालयले अभिप्रेरित परामर्श गर्नुपर्नेमा जोड दिए । विद्यालयका निर्देशक त्रिभुवन शर्मा र प्राचार्य नारायण बरालले विद्यार्थीमा अद्भुत प्रतिभा रहेकाले उनीहरूको प्रतिभा पहिचान गरी प्रस्फुटनमा सहयोग गरिने बताए । अबको शिक्षा सहकार्यमा आधारित हुनुपर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबीचको घनिष्ट सम्बन्धबाट मात्र शैक्षिक उद्देश्य पूरा गर्न सकिने उनीहरुको भनाइ छ ।
१० जोड २ इन्चार्ज नारायण आचार्यले यस शैक्षिक सत्रमा भएका गतिविधि अभिभावकसमक्ष प्रस्तुत गरे । उनले उच्च शिक्षाका लागि बलियो आधार तयार गर्ने कक्षा ११ र १२ को बोर्ड परीक्षालाई मध्यनजर गरी योजना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा १० जोड २ का विज्ञान र व्यवस्थापन समूहका संयोजकद्वय लोकबहादुर गुरुङ र ईन्द्रप्रसाद पौडेलले पनि बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया