पोखरा रिसर्च र पर्यटन व्यवसायीकाे बैठक

समाधान संवाददाता २०७९ असोज ४ गते १६:५३

पोखरा ।
पोखरा पर्यटन परिषदको सहकार्यमा पोखरा रिसर्च सेन्टरले मंगलबार पर्यटन सरोकारवालासँग परामर्श बैठक गरेको छ । गण्डकी प्रदेश पर्यटन ऐन २०७९ मा पोखरा रिसर्च सेन्टरले अनुसन्धान गरि नीतिगत विवरण तयार पार्ने क्रममा छ । जसमा प्रदेशका विभिन्न पर्यटन व्यवसायीले नीतिगत सुझाव तथा सल्लाह दिएका थिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पदाधिकारी, होटल एसोसिएसन, ट्रेकिङ्ग एजेन्सी एसोसिएसन, पोखरा उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुको उपस्थिति थियो । कार्यक्रमको मुख्य उद्देश्य गण्डकी प्रदेश पर्यटन ऐन २०७९ को नीतिगत मुद्दाको विषयमा छलफलका साथै नीतिगत सुधारका लागि पहल गर्नु रहेको आयोजकले बताएको छ ।

सरोकारवालाबाट ऐनमा भएका प्रावधानमध्ये मुद्रा सटहि प्रावधान, पर्यटन यातायात, पर्यटन उद्यम वर्गीकरण, पर्यटन व्यवसाय दर्ता प्रक्रियाका बारेमा छलफल गरिएको आयोजकले जानकारी दिएको छ ।

Advertisement

प्रदेश सरकारले ऐन बनाउदाँ सरोकारवालासँग छलफल गरेपनि ऐन पारित गर्दा आफ्ना कुरा नसमेटिएको पर्यटन व्यवसायीले गुनासो गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया