१४ गते सांसदको बिदाइ

पोखरा ।
नेपाल संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सभाको कार्यकाल सकिएको छ । पहिलो आम निर्वाचनबाट चुनिएका सांसदहरुको कार्यकाल असोज १ गते सकिएको हो । २०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशमा ६० सदस्य निर्वाचित भएका थिए ।
सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम तय छ ।
‘माननीयहरूको कार्यकाल ५ वर्षको हो, संविधानमा बिदाइ भन्ने शब्द छैन । हामीले कदरपत्र दिनेछौँ,’ प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले भने । ५ वर्षमा सांसदको भूमिकाको विषयमा सचिवालयले कदरपत्र दिने तयारी गरेको छ ।
अहिले गण्डकीमा ५८ जना सांसद छन् । कास्की २ ‘क’ बाट निर्वाचित भएका कृष्णबहादुर थापाले राजीनामा दिएका थिए भने बागलुङ १ ‘क’ बाट निर्वाचित कृष्ण थापालाई पार्टीले कारवाही गरेको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया