खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न

समाधान संवाददाता २०७९ असोज ५ गते ११:२४

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिकाको २ नम्बर वडा कमिटीले आयोजना गरेको खुला बास्केटबल प्रतियोगिता सकिएको छ । ’न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ पोखरा बाझापाटन स्थित सत्य युवा क्लबको खेलमैदानमा भएको थियो ।

पुरुष तर्फ कास्की बास्केटबल एसोसिएसन बिजयी भएको छ । कास्की बास्केटबल एसोसिएसनले ताङतिङ ए लाई पराजीत गर्दै कास्की बास्केटबल एसोसिएसन बिजयी भएको हो । बिजयी टिमले उपाधिसंगै उसले ८० हजार नगद ट्रफि र मेडल प्राप्त गरेको छ । दोस्रो भएको ताङतिङ ए ले ५० हजार ट्रफि र मेडल प्राप्त गरेको कार्यक्रम राष्ट्रीय युवा संघ मादि –२ कमिटी कास्कीका अध्यक्ष तथा खेल संयोजक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

महिला तर्फ मर्दिखोला ए पहिलो हुँदै उसले नगद १५ हजार ट्रफि र मेडल प्राप्त गर्‍यो । दोस्रो भएको मर्दिखोला बि ले १० हजार ट्रफि र मेडल प्राप्त गरेको गुरुङले जनाए । पुरुष तर्फ निकेश मगर र महिला तर्फ छिरिङ छोके शेर्पा सर्वोउत्कृष्ट खेलाडी बन्दै क्रमश ३ हजार र २५ सय नगद र ट्रफि प्राप्त गरका छन् । प्रतियोगितामा पुरुष तर्फ २३ टिम र महिला तर्फ ४ टिम सहभागी भएका थिए ।

Advertisement

कलाकारले साँस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए । आर्थिक सहयोग गर्ने सहयोगीलाई प्रशंसापत्रले सम्मान गरिएको छ । शनिबार उद्घाटन गर्दै एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य वेदबहादुर श्यामले यस्ता खेलकुद प्रतियोगिता आयोजना गर्नाले खेलकुदको विकासमा सहायता मिल्ने कुरा बताएका थिए । समापन कार्यक्रममा युवा नेता दर्शन लामाले खेलको महत्वको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया