जय रुपाताल सहकारीमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ असोज ५ गते १३:११

लेखनाथ ।
जय रुपाताल वचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा तथा चौथाें अधिवेशन आगामी कार्यकालका लागि धिरज कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका छ । उपाध्यक्ष र सह सचिव पदका लागि सहमतिको प्रयासबाट चयन भएको समितिका अन्य पदमा भने सर्वसम्वत भएको थियो ।

उपाध्यक्षमा गणेस प्रसाद भण्डारी, सचिवमा श्रीधर लामिछाने, कोषाध्यक्षमा मिन बहादुर थापा र सह सचिवमा वसन्त जोशी रहेका छन् । सदस्यमा हुमाया गुरुङ, सावित्री सुवेदी, मोहनलाल जोशी, सारदा बराल, प्रकाशचन्द्र अधिकारी, ईश्वरी मल्ल, बृहस्पती लामिछान र प्रकाश अधिकारी छन् ।

सभाको उद्घाटन गर्दै जिल्ला समन्वय कास्कीका अधिकारी नवराज बरालले सहकारी संस्थाका सञ्चालकले मात्र सहकारीको विषयमा जानकारी भएर नहुने भन्दै शेयर सदस्यहरु पनि सहकारीका विषयमा जानकार हुनुपर्नेमा जोड दिएका थिए । उनले शेयर सदस्यहरुले सहकारीका सञ्चालकहरूले कसरी सहकारी सञ्चालन गरिरहेका छन् भन्ने विषयमा चासो राख्नुपर्ने उनको भनाइ थियो । सहकारी गाउँसम्म जोडिएकाले सहकारी संजाललाई अझै विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए । सानो सानो बचत भबिष्यको प्रतिफल समेत भएकाले हरेकको ध्यान त्यसतर्फ हुनुपर्ने बताए ।

Advertisement

रुपा गाउँपालिका वडा नं. ६ का अध्यक्ष नारायण गुरुङले सहकारीमा अधिकांश सदस्यहरु रुपा गाउँपालिकाका वा त्यहाँबाट बसईसराई गरेर आएकाहरु भएको वताउँदै अब सहकारीको माध्यमबाट पुन गाउँमा कृषि उत्पादनको क्षेत्रमा लगानी गरी राज्यका विभिन्न सुविधा र सहुलियतको सदुपयोग गर्न आग्रह गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य तिर्थ बहादुर सुयलले सहकारी समाजवाद उन्मुख सिद्धान्त भएको बताउँदै साधारणसभालाई सदस्यहरुले नयाँ कुरा सिक्ने अवसरका रुपमा लिनुपर्ने बताएका थिए । उनले सहकारीले लिएको, निति, विधि र सिद्धान्तलाई आत्मसात गर्दै सबै अघि बढनु पर्ने बताएका छन् ।

Advertisement

रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी, जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या. हर्क बहादुर गुरुङ, शेयर सदस्यहरुको तर्फबाट शुभद्रा घिमिरे र डा. बाबुराम अधिकारी, आमा समुहको तर्फबाट समाजसेवी आमा समुहकी अध्यक्ष शारदा पौडेल लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्रराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धिरज कुमार श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव श्रीधर लामिछानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया