लायन्स क्लबको रक्तदान

समाधान संवाददाता २०७९ असोज ५ गते १३:४४

लेखनाथ ।
लायन्स क्लब अफ पोखरा लेखनाथ र लेखनाथ क्लबको आयोजनामा भएको खुल्ला रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता सूर्य भट्टराईलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लायन्स क्लब ३२५ जे का डिष्ट्रिक चिफ पुजन शाक्यले सेवा भावले गरिने जुन सुकै कामले पनि समाजमा सकरात्मक सन्देश दिने विचार राख्दै रक्तदान महत्व र उपयोगिताका बारेमा सबैलाई जानकारी हुनु पर्ने विचार राखेकी थिईन् ।

Advertisement

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन थापाले सामाजिक संघ सस्था र स्थानीय सरकारबिच सहकार्य गर्दै अगाडि बढ्ने हो भने वडाको विकास गर्न सजिलो हुने धारणा राखेका थिए ।

लायन्स क्लबका अध्यक्ष आनन्द बजगाईंको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु),सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष कृष्णप्रसाद अधिकारी र लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ र लायन्स क्लव ३२५ जे का सचिव मधुसुधन कोईराला लगाएतले रक्तदानको महत्व र उपयोगिताको बारेमा जानकारी गराएका थिए ।

लायन्स क्लव अफ पोखरा लेखनाथका सचिव सुभास खड्काले सञ्चालन गरेको कार्यक्रममा निर्वतमान अध्यक्ष धनश्याम ढुंगानाले स्वागत र क्लवका तृतिय उपाध्यक्ष अर्जुन भुजेलले धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया