नेल्टा कास्कीको लेखनसिप कार्यशाला

समाधान संवाददाता २०७९ असोज ५ गते १७:५०

पोखरा ।
अंग्रेजी भाषाका शिक्षकहरुको संगठन, नेल्टा कास्कीको आयोजनामा पश्चिमाञ्चल माध्यमिक विद्यालय गैह्रापाटन पोखरामा आधारभूत तहमा अध्यापनरत शिक्षकहरुका लागि एकदिने कार्यशाला गोष्ठी भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेल्टा कास्कीका सल्लाहकार रत्नमान गुरुङले नेल्टा कास्कीको यस प्रकारका कार्यक्रमले शिक्षकको पेशागत विकासमा ठूलो योगदान पुर्‍याउने विचार व्यक्त गरे ।

नेल्टा कास्कीका उपाध्यक्ष भुमिराज पण्डितले निर्देशित लेखन र कोषाध्यक्ष डिल्लीराम भट्टराईले स्वतन्त्र लेखन विषयमा सहजीकरण गरेको कार्यक्रममा नेल्टा कास्कीको आयोजनामा सम्पन्न निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने धवलागिरी बोर्डिङ स्कुलकी सोफिया पौडेलले प्रथम, बेथानी बोर्डिङ स्कुलकी स्वस्तीका थापा द्वितीय, फिस्टेल एकेडेमीकी ऋचा श्रेष्ठले तेस्रो र शिशु निकेतन स्कुलकी दिया गुरुङ तथा बाल कल्याण स्कुलकी कृपा गुरुङलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा नेल्टा कास्कीका सल्लाहकार पितृराज बाँस्तोला र पूर्व सहसचिव पीताम्बर पौडेलले नेपाल सँस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेकोमा सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व बाँस्तोला र पौडेलले सम्मानित गरेकोमा खुसी व्यक्त गरे । नेल्टा कास्कीका अध्यक्ष अजय थापाको सभापतित्व गरेको कार्यक्रम सञ्चालन संस्थाका सचिव बोधराज गौतमले गरेको जानकारी संस्थाका कार्यसमिति सदस्य मदन प्रसाद बरालले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया