खेलकुद

थाक च्याम्पियनसीपको ५० औं स्वर्ण जयन्ती मनाउँदै मुस्ताङको ताक्लुङमा थाक च्याम्पियनसीप उद्घाटन

सुन्दरकुमार थकाली २०७९ असोज ५ गते १८:४१
फोटो ः मुस्ताङको ताक्लुङमा थाक खेलकुद च्याम्पियनसीप रोनक । तस्विर ः सुन्दरकुमार थकाली

ताक्लुङ ।
हिमालपारीको जिल्ला मुस्ताङको लामो ईतिहाँस बोकेको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक च्याम्पियनसीप रनिङशिल्ड बुधबारदेखि मुस्ताङको थासाङ गाउँपालिका–५ ताक्लुङमा औपचारिक रुपमा सुभारम्भ भएको छ । बर्सेनि जिल्लाका अन्तरक्लवबीच आलोपालो संञ्चालन हुने थाक च्याम्पियनसीप सहआयोजना गर्ने जिम्मा यसपटक अन्नपूर्ण युवाक्लव ताक्लुङले पाएको हो ।

मुस्ताङको खेलकुद क्षेत्रको विकास तथा प्रर्वद्धनमा थाक खेलकुद तथा सांस्कृतिक विकास संघ अभिभावकीय संस्था हो । २०६० अघि मुस्ताङमा सडक तथा संञ्चारक्षेत्रको पहुँच स्थापित नहुँदा मुस्ताङका अंग्रज खेलप्रेमीहरुको पहलमा गौरवमय थाक खेलकुद च्याम्पियनसीप प्रतियोगिता सुरुआत गरिएको थियो ।झन्डै ५० को दशक अघि मुस्ताङका सबै गाउँहरुमा आन्तरिक स्तरमा खेलकुद प्रतियोगिता हुने गथ्र्योै । यसरी जिल्लामा छरिएर रहेको खेलकुदलाई एउँटै सुत्रमा बाँधेर थाक खेलकुद तथा सांस्कृतिक विकाससंघले थाक भलिबल च्याम्पियनसीपको परिकल्पना गरेको थियो । मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्र घाँसासम्मका ८ वटा विभिन्न युवाक्लवलाई समेट्दै थाक खेलकुद च्याम्पियनसीप प्रतियोगिता हुँदै आईरहेको छ । बिहिबार मुस्ताङको ताक्लुङमा आयोजित थाक च्याम्पियनसीपको समुद्घाटन कार्यक्रममा यसको ५० औं स्वर्ण जयन्ती भव्यताका साथ मनाईएको छ ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघको मुख्य आयोजना तथा अन्नपूर्ण युवाक्लव ताक्लुङको सहआयोजना ५० औं थाक खेलकुद च्याम्पिनसीपको पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले भव्य समारोहकाबीच दिपप्रज्वलन गरी उद्घाटन गरे । पूर्व मन्त्री रोमी गौचन थकालीले राजनैतिक पृष्ठभुमी फरक भएपनि जिल्लाका राजनितिककर्मीले एउटै मञ्चमा उभ्याउन सक्नु थाक च्याम्पियनसीपको मुख्य विशेषता रहेको बताए । मुस्ताङमा थाक च्याम्पियनसीपले के कति उपलब्धि हासिल ग¥यो भन्नु भन्दा पनि थाक च्याम्पियनसीपकै माध्यमबाट धेरै खेलस्रष्ठाहरुको पहिचान स्थापित भएको बताए । उनले आसन्न निर्वाचन सम्मुखमा पनि राजनितिक प्रतिस्पर्धा र पुर्वाग्रह पन्छ्याएर भातृत्व सम्वन्ध कायम राख्नु थाक च्याम्पिनसीपको योगदान रहेको बताए ।
संविधान सभा सदस्य श्रीमाया थकालीले मुस्ताङका थाक च्याम्पिनयसीपलाई खेलकुदको रुपमा मात्र परिभाषित गर्न नहुने उल्लेख गरिन् । उनले खेलकुदकै माध्यमबाट सामाजिक र राजनैतिक क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्ने पुलको काम थाक च्याम्पियनसीपले गरेको बताईन् ।
निर्वतमान संघीय सांसद प्रेमप्रसाद तुलाचनले खेलकुद क्षेत्रको विकासले जिल्लाको खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने बताए । मुस्ताङमा खेलकुद क्षेत्रको प्रचुर सम्भावना रहेको उल्लेख गर्दे यसका लागि आफुले सांसद भएर रहँदा विभिन्न पहल गरेको बताए । ‘आज हामी राजनितिक र सामाजिक रुपमा जुन पहुँच स्थापित गरेका छौ, त्यसको श्रेय थाक च्याम्पियनसीप नै हो, निवर्तमान सांसद तुलाचनले भने ,‘ ५० औ थाक च्याम्पियनको दौरानमा आफुले १२ वर्ष सेवा गरेको र सो कालखण्डमा विभिन्न चुनौतीहरु सामाना गर्दै थाक भलिबलको गन्तब्यलाई अघि बढाएको बताए ।

े थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष चन्द्रमोहन गौचनले यसप्रकारको थाक च्याम्पियनसीपका माध्यमबाट थाक खेलकुद तथा सास्कृतिक विकास संघले निरन्तर प्रतियोगिता संञ्चालन गर्दै ५० औं वर्ष प्रवेश गरेको बताए । नेपालमा खेलकुद ईतिहाँस पछ्याउदा नेपाल भलिबल संघको स्थापना २०३३ सालमा स्थापना भएको र त्यो भन्दा अगावै २०२७ सालमा मुस्ताङमा थाक खेलकुद तथा सास्कृतिक विकास संघ स्थापना भई भलिबल खेलसहित अन्य ईभेन्टहरु आयोजना हुँदै आईरहेको अध्यक्ष गौचनले बताए ।
कार्यक्रममा लोघेकर दामोदरकुण्डा गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र प्रजिअ नेत्रप्रसाद शर्माले थाक च्याम्पियनसीप सफलताको शुभकामना दिएका थिए ।
मुस्ताङकै खेलकुद क्षेत्रमा लामो ईतिहाँस बोकेको थाक च्याम्पियनसीप रनिङशिल्ड प्रतियोगिता कोरोना कहरका कारण लगातार दुई संस्करण रोकिएको थियो । कोरोना कहर न्युनिकरण हुदै गएपछि विकास संघले मुस्ताङको ताक्लुङमा दुईवर्षपछि च्याम्पियनसीप आयोजना गरिएको हो । यसअघि थाक खेलकुद च्याम्पियनसीपको प्रतियोगिताको झन्डोक्तोलन मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गरेका थिए ।
५० औ थाक च्याम्पियनसीपको स्वर्ण जयन्तीका अवसरमा विगत देखि बर्तमानसम्म निरन्तर थाक च्याम्पिनसीपलाई अगुवा गर्दै आएका पूर्व अध्यक्षहरु पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली ,निवर्तमान संघीय सासद प्रेमप्रसाद तुलाचन,पूर्व जिविस सभापती बिष्णुराज हिराचन,छत्रबहादुर थकाली लगायतका पूर्व अध्यक्षहरुलाई थाक खेलकुद तथा सांस्कृतिक विकास संघले दोसल्ला ओढाएर विशेष सम्मान गरेको छ ।समारोहमा मुस्ताङको लोघेकर दामोदरकुण्डा गापालाई पनि विशेष सम्मान ग¥यो ।थाक भलिबललाई आर्थिक सहयोग गर्ने संघसंस्थालाई सम्मान गरिएको थियो ।
यस्तै,थाक भलिबल च्याम्पियनसीपको ५० औ स्वर्ण जयन्तीका अवसरमा प्रकाशित स्मारिकाको पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली ,निवर्तमान सघीय सांसद प्रेमप्रसाद तुलाचन र संघका अध्यक्ष चन्द्रमोहन गौचनले सयुक्त रुपमा विमोचन गरे ।
मुस्ताङको गौरवमय ईतिहाँस बोकेको थाक च्याम्पियनसीपले सिङ्गो मुस्ताङको गरिमा र पहिचान वृद्धि गर्दैआईरहेको छ । विगतदेखि बर्तमानसम्म थाक सातसय क्षेत्रलाई समेटिएको यसप्रकारको प्रतियोगिता मुस्ताङका ५ वटै पालिकालाई समेटेर अघि बढाउने प्रयास गरिएपनि सफल हुन सकेन ।
स्थानीय स्तरको अन्तरनिहित प्रतिभा उजागर गर्ने,खेलकुद क्षेत्रको विकास र प्रर्वद्धन गर्दै जिल्लाका सम्पूर्ण मुस्ताङी युवायुवतीलाई आपसी भातृत्व सम्वन्ध विस्तार गर्ने उद्देश्य लिएर थाक खेलकुद तथा सांस्कृतिक विकास संघले योगदान गर्दैआईरहेको छ । मुस्ताङको जोमसोम,स्याङ,मार्फा,टुकुचे,कोवाङ,लेते,घाँसा र ताक्लुङका विभिन्न युवाक्लवले थाक च्याम्पियनसीपमा भाग लिने गरेको पाईएको छ । मुस्ताङको थाक च्याम्पियनसीप प्रतियोगिता संरक्षण गर्न विगतका अंग्रज खेल पुस्ताहरुले उल्लेखनीय योगदान छ । मोफसलमा आयोजना हुने कतिपय प्रतियोगिता २÷४ सस्करणमा हराएर जाने गरेको तथ्य बिद्यमान रहेपनि मुस्ताङको थाक भलिबलले विभिन्न आरोह अवरोध झेल्दै कठिन परिस्थितीको सामाना गर्दै ५० वर्ष पुरा गर्नु मुस्ताङकै लागि गौरवको बिषय हो ।
हिमाली जिल्ला मुस्ताङकै ईतिहाँस बोकेको थाक खेलकुद तथा च्याम्पियनसीप बुधबारदेखि आईतबार सम्म ४ दिन सम्म जारी रहने छ । च्याम्पियनसीप अन्तर्गत महिला तथा पुरुष भलिबल,मिस मुस्ताङ ,गायन प्रतियोगिता ,आर्चरी प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । प्रतियोगिताका लागि मुस्ताङमा खेलप्रेमी तथा स्थानीय दर्शकहरु अहिले मुस्ताङको ताक्लुङमा एकत्रित भएका छन् । मुस्ताङकै अन्न भण्डारको रुपले परिचित ताक्लुङ अहिले खेलकुदमय भईसकेको छ ।

Advertisement

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया