अन्तर्राष्ट्रिय तेक्वान्दोको तयारी पूरा

पोखरा ।
बिहीबारबाट पोखरामा हुने ‘तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि २ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप २०२२’ को तयारी पूरा भएको छ । बुधबार आयोजकले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रतियोगिता तयारी सकिएको जनाएको हो ।
प्रतियोगितामा सिनियर र जुनियर तर्फका १४ वर्षदेखि ६० वर्षभन्दा माथि क्यारोगीतर्फ महिला पुरष गरी विभिन्न ८ वटा तौल समूहमा गरी कुल १६ वतौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्शेर राणाले जनाए ।
प्रतियोगिता मुल आयोजक समिति सचिव जगन गुरुङका अनुसार प्रतियोगितामा सहभागी हुन १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आइसकेका छन् । एउटै खेलका लागि यति ठूलोसहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो भएको दाबी आयोजक संघले गरेको छ ।
असोज ९ गतेसम्म चल्ने प्रतियोगिता बिहीबार दिउँसो साढे १२ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने तय छ । यो प्रतियोगिताका लागि तेक्वान्दो महासंघको छाता संस्था वल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एसियन तेक्वान्दो फेडेरेशनका अध्यक्ष प्रोफेसर लिक्यु सिओक लगायत पोखरामा आउने तय भएको छ ।
यसअघि २ पटक सफलतापूर्वक काठमाडाैंमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण २ वर्ष स्थगित भएको थियो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ ।







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया