राष्ट्रपतिबाट समाधानकर्मी कुँवर पुरस्कृत

पोखरा ।
समाधान दैनिकका वरिष्ठ उपसम्पादक श्यामनाथ कुँवर प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । काउन्सिलले ५३ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा कुँवरलाई उक्त पुरस्कार प्रदान गरेको हो । कुँवरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार हस्तान्तरण गरिन् ।
प्रेस काउन्सिलले हरेक वर्ष विभिन्न पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएको छ । समाधानकर्मी कुँवर झन्डै साढे २ दसकदेखि पोखराको पत्रकारितामा क्रियाशील छन् ।
यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको काउन्सिलको सूचनामा उल्लेख छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा विस २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ देखि वरिष्ठ पत्रकारलाई दिन थालिएको हो ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया