प्रदेश सर्वोत्कृष्ट प्रहरी उपाधि सन्तोष सुवेदीलाई

समाधान संवाददाता २०७९ असोज ७ गते १०:४६

पोखरा ।
प्रहरी नायब निरिक्षक सन्तोष सुवेदी गण्डकी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सुवेदीलाई भदौ महिनामा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार सुवेदीले विभिन्न स्थानको बैंकको एटिएम फोडेर पैसा चोरी गर्ने, विन्ध्यवासिनी मन्दिर परिसरबाट दानपेटिका चोरी गर्ने, तनहुँमा भएको कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त र विभिन्न समयमा लागुऔषध सम्बन्धि मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।

तपाईको प्रतिक्रिया