
ताक्लुङ ।
मुस्ताङको थासाङ ५ ताक्लुङमा बुधबारदेखि जारी ५० औं थाक खेलकुद च्याम्पियनसीप प्रतियोगिता अन्तर्गत बिहीबार भएको आर्चरी (तारो हान्ने खेल )मा निर्मल स्पोर्टिङ युवा क्लब च्याम्पियन बनेको छ । थाक च्याम्यिनमा सहभागी ८ टिममध्ये निर्मल स्पोर्टिङ ७ डोरमा ६१ अंक जोड्दै च्याम्पियन बनेको हो ।
नीलगिरी युवा क्लब टुकुचे निर्धारित १५ डोरमा ५८ जोड्दै उपविजेता बनेको छ । प्रतियोगिता अन्तर्गत ५० औं थाक च्याम्पियनको सर्वौत्कृष्ठ खेलाडी निर्मल स्पोर्टिङ (लेते) का सिजन शेरचन घोषित भएका छन् । आर्चरी च्याम्पियनले नगदसहित सिल्ड, मेडल ,प्रमाणपत्र र ट्रफी पाउने छ भने उपविजेता टिमले नगदसहित मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् । आर्चरीका सर्वोत्कृष्ट खेलाडीले नगदसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने आर्चरी खेल संयोजक मिलन ज्वाहारचनले जानकारी दिए ।
मुस्ताङको थासाङ ५ ताक्लुङ/कुञ्जोमा बुधबारदेखि जारी ५० औं थाक खेलकुद च्याम्पियनसीप रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फ समूह चरणको खेल अन्तिम चरणमा पुगेको छ । थाक च्याम्पियनमा सहभागी ८ टिममध्ये निर्मल स्पोर्टिङ क्लब ( लेते ), धौलागिरी युवा क्लब ( कोवाङ ) र अन्नपूर्ण युवा क्लब ( ताक्लुङ ) सेमी फाइनल प्रेवश गरेका छन् ।
समूह चरणका खेल अन्तर्गत ग्रुप ए पोलबाट लेतेले मिलिजुली युवा क्लब (मार्फा ), नीलगिरी युवा क्लब ( टुकुचे ) र सिक्स सोल्टिज युवा क्लब (घाँसा)लाई सोझो सेटमा पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको हो । ग्रुप बी पोलबाट कोवाङले जनहित युवा क्लब ( जोमसोम), जनकल्याण युवा क्लब ( स्याङ ) र धौलागिरी युवा क्लब ताक्लुङलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।
सो पोलबाट ताक्लुङ उपविजेता बन्दै सेमीफाइनलको यात्रा सुरक्षित गरेको छ । ताक्लुङले जनहित क्लब जोमसोम र जनकल्याण युवा क्लब स्याङलाई पराजित गरेको थियो भने धौलागिरी युवा क्लब कोवाङसँग पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेल समय अभावले पूरा नहुँदा शुक्रबार बिहान सञ्चालन हुनेछ । समूह चरणको सोही अन्तिम खेलबाट मार्फा र घाँसाबीच सेमी फाइनल प्रवेश गर्ने टुंगो लाग्नेछ । महिला भलिबल खेल शुक्रबार नै हुने थाक खेलकुद तथा सांस्कृतिक विकास संघका सचिव दीपक लालचनले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया