कास्की २ मा लौरो अभियानबाट शिरिषको उम्मेदवारी
समाधान संवाददाता
२०७९ असोज ७ गते ११:१३

पोखरा ।
कास्की २ मा लौरो अभियानबाट शिरिष गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । कास्की २ बाट यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेकी गुरुङ लौरो अभियानबाट उम्मेदवार बन्ने भएकी हुन् ।
काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङलाई लौरो अभियानका तर्फबाट उम्मेदवार बनाउने घोषणा भएको हो । सामाजिक अभियानमा सक्रिय गुरुङले यसअघि जागौं पोखरा अभियानको नेतृत्व गर्दै ५१ दिने लामो शान्तिपूर्ण वार्तासमेत बसेकी थिइन् ।
शिक्षण पेशमा आबद्ध गुरुङले देशले परिवर्तन चाहेको बेला युवा जुट्नुपर्ने साथै नीतिगत तहमा पुग्नुपर्ने भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताइन् ।
सम्बन्धित








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया