पोखरा ट्रेड मलमा थप ५ लाई उपहार

समाधान संवाददाता २०७९ असोज ७ गते ११:२२

पोखरा ।
पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले नेपालीका चाडपर्व दसैं, तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजना अन्तर्गत दोस्रो पाक्षिक उपहार विजेता छानिएका छन् । उत्सव व्यवस्थापन समिति र पोखरा ट्रेड मल व्यवस्थापन समितिले बिहीबार ग्राहकको उपस्थितिमा दोस्रो पाक्षिक उपहार विजेता छनोट गरेको हो ।

उपहार योजनामा प्रेम गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाए । साइना गुरुङले २ हजार ५ सय साथमा १ हजार बराबरको फेसियल कुपन, कृष्टि थापाले २ हजार र पोखरा सिनेप्लेक्सको टिकट जितेका छन् । नवराज दवाडीले १ हजारको साथमा क्लासिक चुलोमा डिनर कुपन र नवीना पुनले फिस्टेल ड्रिम पार्कमा एक दिनको कुपन पाएको उत्सव व्यवस्थापन समिति अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए ।

ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीले यही भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् । चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरैभन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको अध्यक्ष त्रिपाठीले बताए ।

Advertisement

कार्यक्रममा पोखरा ट्रेड मलका सञ्चालकहरु वासुदेव पराजुली, सन्तोष घिमिरे, राजुकुमार शर्मा, उत्सव व्यवस्थापन समिति उपाध्यक्ष सिमा कोइराला, सचिव रमेश बराल, कोषाध्यक्ष रघु दवाडी, सहकोषाध्यक्ष धर्मदत्त अधिकारी, सदस्य सचिव अग्नि भुसाल, सदस्य नवराज ढुंगाना, राजीव क्षेत्री, सल्लाहकार गोपालप्रसाद बाटाजु लगायत उपस्थित थिए । सोही अवसरमा अघिल्लो पटकका विजेता आरुश खनाललाई १० हजार हस्तान्तरण गरिएको थियो ।

मलको चाडपर्व उपहार योजना अन्तर्गत टे«ड मलभित्र ५ सय रुपैयाँभन्दा माथिको सामान खरिदमा ग्राहकले निःशुल्क उपहार कुपन पाउँछन् । पाक्षिक उपहार योजनाका विजेताले १ हजारदेखि १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर तथा सपिङ भौचर प्राप्त गर्ने छन् भने बम्परमा १ लाख पुरस्कार पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया