विन्ध्यवासिनी माविमा रवीन्द्र बाटाजू

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २ स्थित विन्ध्यवासिनी मावि वरपाटनको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा २ भीमसेनटोल निवासी समाजसेवी रवीन्द्र बाटाजू चयन भएका छन् । ९ सदस्य विद्यालय व्यवस्थापन समितिले बाटाजूलाई अध्यक्ष चयन गरेको हो ।
अभिभावक भेलाबाट लालुप्रसाद अधिकारी, अनिता जिसी र मञ्जु विक सदस्य चुनिएका छन् । वडा नम्बर २ वडा प्रतिनिधि सदस्य गौतम बिजुक्छे, वडा शिक्षा समिति वडा नम्बर २ बाट सिफारिस भएका सदस्य रविन्द्र बाटाजू र अग्निप्रसाद भुसाल, शिक्षक प्रतिनिधि हरिप्रसाद गौडेल र सदस्य सचिव प्रअ वसन्तराज पाण्डे छन् । ८ सदस्यीय समितिले पोखरा २ भीमसेनटोलका सुदर्शन भारीलाई सदस्य मनोनित गरेको छ ।
बैठकले विव्यस गठन गर्न सहयोग गर्ने पोमनपा शिक्षा महाशाखा, पोमनपा वडा नं २ वडा अध्यक्ष दिवसमान प्रधानाङ लगायत वडा कार्यालय, अभिभावक, शिक्षक कर्मचारी, स्टाफ, विद्यार्थी तथा सम्पूर्ण शुभेच्छकहरूप्रति धन्यवाद व्यक्त गरेको छ । अध्यक्ष बाटाजूले विद्यालयमा थप गुणस्तर कायम गर्न सबैको साथ सहयोग लिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया