स्थापना दिवसमा पवित्र सहकारीको सहयोग

समाधान संवाददाता २०७९ असोज ७ गते १६:०५

पोखरा ।
पवित्र बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिक उत्सवमा खाद्यान्न सहयोग गरेको छ । मादी गाउँपालिका तारकाङ घर भई हाल पोखरा ३ नदिपुरमा बस्दै आएका दिर्घमान रानाभाटको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

खाद्यान्न हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक वर्ष स्थापना दिवसमा सहयोग गर्दै आएको बताए ।

सहकारीका संस्थापक सचिव तथा सल्लाहकार कृष्ण रानाभाट, उपाध्यक्ष गुप्तबहादुर रानाभाट, सचिव चन्द्रु रानाभाट, कोषाध्यक्ष एकेन्द्र वञ्जराभाट, ऋण उपसमिति संयोजक यामबहादुर रानाभाट, सदस्यहरु रेवती अधिकारी भाट, लेखनाथ रानाभाट, प्रवन्धक संगिता रानाभाट र कार्यालय सहायक अप्सरा रानाभाटको उपस्थिति रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया