
जोमसोम–मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्वु ज्वाहारचन मिस मुस्ताङ बनेकी छिन् ।
थाक खेलकुद तथा सास्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ २०७९ अन्तर्गत भएको मिस मुस्ताङ प्रतियोगिताको अन्तिम ग्राण्ड फेनालीमा उनलाई मिस मुस्ताङ घोषित गरिएको हो ।
मिस मुस्ताङ २०७९ की ज्वाहारचन मिलिजुली क्लव मार्फाबाट मुस्ताङ सुन्दरी प्रतियोगितामा भाग लिएकी थिईन् । उनले पहिलो राउण्ड क्रस गर्दै अन्तिम पाँचमा परेकी थिईन् ।
उनलाई यसअघिकी मिस मुस्ताङ मेलिना थकालीले मिस मुस्ताङ २०७९ कोत ताज पहिराई दिएर बधाई दिएकी थिईन् ।थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष चन्द्रमोहन गौचन र निर्णायक कञ्चन भुजेलले बधाई दिएका थिए ।
यस्तै, मिस मुस्ताङ प्रतियोगिताको फस्ट रनरअफमा जनहित क्लव जोमसोमकी सपना राई र सेकेन्ड रनरअफमा सिक्ससोल्टिज क्लव घाँसाकी निशा मगर घोषित भए ।
सेकेन्ड रनरअफ मगरले यसवर्षको मिस ट्यालेन्टको उपाधि समेत जितेकी छिन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया