सय युनिट रगत संकलन

समाधान संवाददाता २०७९ असोज ९ गते १२:२८

लेखनाथ ।
पोखरा २७ मा रहेको राइजिङ स्टार युथ क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शनिबार भएको खुला रक्तदानमा १ सय एक युनिट रगत संकलन भएको छ । सरसफाइ र विभिन्न किसिमका सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले हरेक वर्ष रक्तदान आयोजना गर्दै आएको अध्यक्ष विष्णु गुरुङले बताए ।

पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रक्तदान सुरुआत गरेका थिए । उनले समाज परिवर्तनका लागि युवालाई सक्रियताका साथ अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, कार्यक्रम संयोजक ईश्वरबहादुर खत्री, क्लब सचिव अर्जुन सापकोटा र कोषाध्यक्ष सागर गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया