सैनिक स्कुलमा दसैं मेला
पोखरा ।
सैनिक आवासीय महाविद्यालय पोखराले आयोजना गरेको रमाइलो दसैं मेला तथा महाविद्यालय सिङ्गिङ आइकन ३ सकिएको छ । समारोहमा मध्यकमान्ड हेडक्वाटरका सेनापति तथा महाविद्यालय सञ्चालक समिति अध्यक्ष बाबुराम श्रेष्ठलाई प्रिन्सिपल राजेन्द्रकुमार लाखे र सम्पर्क अधिकृत सेनानी शिशिर केसीले स्वागत गरेका थिए । महाविद्यालय सञ्चालक समिति अध्यक्ष श्रेष्ठले विजेताहरुलाई बधाईसहित सबैलाई विभिन्न चाडपर्वको शुभकामना दिए ।
भगवती दलका गणपति सञ्जयकुमार खत्रीले मेला उद्घाटन गरेका थिए भने सिङ्गिङ आइकन श्रेष्ठले सुुरुआत गरेका थिए । समारोहमा गायिका बाबा राणालाई सम्मान गरिएको थियो । राणाले आफ्ना पति सरोजगोपाल बज्राचार्यको स्मृतिमा आफूलाई मन पर्ने गीत सुनाएर समारोहलाई रोमाञ्चक बनाएकी थिइन् । सिङ्गिङ आइकनमा आकासचन्द्र गौतम प्रथम बने । सञ्जयचन्द्र थापा द्वितीय र शुभमराज बास्तोला तृतीय भएका छन् ।
मेलामा विद्यार्थीले घोडचडी, बिंगो, ओमेगा जम्प, गल्फ, रिङ, घुर्नी, डिजिटल गेम, डिस्कोजस्ता मनोरञ्जनात्मक र साहसिक खेलबाट मनोरञ्जन लिएका छन् । मौसमी कँडेलको एकल नृत्य र त्रिदेवी श्रेष्ठ र साथीहरूको समूहिक नृत्यले थप रौनकता थपेको थियो । कार्यक्रममा सुजन रानाभाट, सुदीक्षा लामिछाने र सन्तोष बस्याल निर्णायक थिए ।







केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया