यौनिक अल्पसंख्यकलाई तालिम

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीमा यौनिकता शिक्षा र लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी तालिम सुरु भएको छ । नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा ३ दिनसम्म चल्नेछ ।
युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी ज्ञान दिने तथा लैंगिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा विभिन्न लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसहित २८ युवाको सहभागिता रहेको कार्यक्रम संयोजक विष्णु दाहालले जानकारी दिए ।
तालिममा नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, सविना तिमिल्सिना, विष्णु दाहाल, कृषा सिग्देल, सपना थापा, निराजन अधिकारी, संघका वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल लगायतले सहजीकरण गर्दै छन् ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले युवा तथा लैंगिक अल्पसंख्यको महत्व बुझेर नै संघले विभिन्न अभियान सञ्चालन गरेको बताए । उनले लैंगिक तथा अल्पसंख्यक समुदायका लागि समलिंगी विवाहको पक्षमा वकालत गरेको र हर्माेनल तथा लेजर थेरापी सेवा सञ्चालन गरेको जानकारी दिए ।
नेपाल परिवार नियोजन संघ कास्की सभापति निरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश संयोजक उमेशराज पराजुली, कास्की उपसभापति नवीन सिग्देल, सचिव निशा भण्डारी, युवा संयोजक सविना तिमिल्सिना, नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, युवा सदस्य सपना थापा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया