भिजन सहकारीमा श्रीमान गुरुङ

पोखरा ।
भिजन बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ । सभाको उद्घाटन गर्दै वडा अध्यक्ष राजकुमार गुरुङले सेयर सदस्यको बचुरक्षित राख्दै उनीहरुलाई सहकारीको अपनत्व महसुस हुनेगरी काम गर्नु पर्ने कुरा बताए ।
स्वागत मन्तव्य राख्दै संस्थाका सदस्य सचिव अस्मी गुरुङले संस्थाले हामीलाई पैसा बचत गर्न सिकाई जीवन उपयोगी सिप मुलक तथा जीबिको पार्जन जस्ता कुरामा धेरै ठुलो टेवा पुगेको बताइन् । पोखरा महानगरपालिका सहकारी प्रमुख भरतराज पौडेलले एकताको लागी सबै र सबैको लागी एकता आवश्यकता छ, भन्ने कुरा बताउँदै संस्थाले गरेको प्रगतिको प्रशंसा गर्दै आवश्यक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए ।
संस्थामा कुल ६२६ सेयर सदस्य छन् । कुल बचत २१ करोड २२ लाख १२ हजार १९१ रुपैंयाँ ४५ पैसा छ भने बचत निक्षेपमा ८८ लाख ६३ हजार ३९७ रुपैंया ८८ पैसा छ ,कर्जा सापटीमा २१ करोड १२ लाख ८४ हजार २९० रुपैंया ८५ पैसा रहेको छ । संस्थाको मुल नाफा ६७ लाख ३३ हजार ८३६ रुपैंया ११ पैसा रहेको छ ।
संस्थाका सेयर सदस्यका छोरा छोरीले कक्षा १२ देखि स्नातक तहसम्म राम्रो नम्वर ल्याई पास गरेका रोजीना भट्टचन ,याशिका गुरुङ, कृति खाती, प्रशंन्ना गुरुङ ,अनिशा थापा, अस्वीना क्षेत्री, सन्तोष गुरुङ, विपिन गुरुङ, प्रिया गुरुङ, आयुश्री गुरुङ, सदय प्रधानाङग, निर्देश गुरुङ, संघर्ष गुरुङ, सनिम गुरुङ, एन्जीला गुरुङ, सन्देश तिमिल्सिना ,कबिता गुरुङ, सागर गुरुङ, सुस्मा सुवेदी, बिना गुरुङलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मचारी यामप्रसाद पौडेल, बिनिता शाही ठकुरीलाई नगद सहिद सम्मान गरिएको थियो । उत्कृष्ट संस्था सञ्चालक बिजय गुरुङ, अशोक गुरुङलाई नगद सहित सम्मान गरिएको थियो ।
अध्यक्ष श्रीमान गुरुङको अध्यक्षतामा ७ सदस्य समितिमा उपाध्यक्ष अस्मी गुरुङ, कोषाध्यक्ष बिजयकुमार गुरुङ, सचिव सीता तिमिल्सिना, सदस्यमा अशोककुमार गुरुङ, दिलमाया गुरुङ, देवी गुरुङ सर्वसम्मतले चुनिएका छन् ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीमान गुरुङले गरेका थिए भने कार्यक्रम संञ्चालन संस्थाका सदस्य सिता तिमिल्सिनाले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया