ब्याजमा सहुलियत दिन पर्यटन व्यवसायीको माग

पोखरा ।
पोखरा पर्यटन परिषदले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । पर्यटन व्यवसाय अहिले धरासयी बनेकाले बैंकको कर्जा, ब्याज तिर्न सक्ने अवस्था नरहेकाले केही समय थपिदिन आग्रह गर्दै परिषद्ले त्रापनपत्र बुझाएको हो । परिषदले नेपाल राष्ट्र बैंकको पोखरा शाखाका निर्देशक रामशरण खरेललाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले आफूहरु अहिले बैंकको कर्जा, ब्याज तिर्न नसक्ने अवस्थामा रहेकाले तिर्न परे घर, खेत बेच्नुको विकल्प नरहेको जनाए । पर्यटन व्यवसायी पलायन हुने संघारमा रहेकाले कर्जाको ब्याजदर एक अंकमा झारिदिन आग्रह गरिएको छ ।
पर्यटन क्षेत्र कोभिड कालमा सबैभन्दा बढी प्रभावित भएकाले कोभिड अवधिको ब्याज मिनाहा गरिदिन पनि परिषदले आग्रह गरेको छ । पुनर्कर्जा कोष, व्यवसायी निरन्तरता कोषको कार्यान्वयन पक्ष झन्झटिलो भएकाले ठूला व्यापारीले मात्र सेवा लिइरहेको गुनासो परिषद्ले गरेको छ ।
सरकारले सरल राहतका प्याकेज ल्याउनुपर्ने र कर्जा भुक्तानीको पुनर्तालिकीकरण गर्न आवश्यक रहेको पत्रमा उल्लेख छ । कृषि क्षेत्रमा जस्तै ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा पनि अनिवार्य लगानी गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
राष्ट्र बैंक पोखराका निर्देशक खरेलले पर्यटन व्यवसायीको मागमा राष्ट्र बैंक गम्भीर रहेको जनाउँदै मागबारे गर्भनरलाई जानकारी गराउने प्रतिबद्धता गरे । उनले अहिले तरलता अभाव रहेकाले बैंकहरुले कर्जा तिर्न आग्रह गरेको जनाए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया