गण्डकीमा स्वतन्त्र पार्टीबाट २३ उम्मेदवार सिफारिस

पोखरा ।
आउँदो मंसिर ४ गते हुने हुने प्रतिनिधि सभा निर्वाचनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिले प्रदेशका १८ क्षेत्रका लागि उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । स्वतन्त्र पार्टी प्रदेश समितिले गण्डकीका १८ निर्वाचन क्षेत्रबाट २३ जनाको उम्मेदवारका नाम केन्द्रमा पठाएको स्वतन्त्र पार्टी प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।
१४ वटा क्षेत्रमा १/१ जनाको नाम पठाउदा ४ क्षेत्रमा भने १ भन्दा बढीको नाम पठाइएको छ । ११ वटै जिल्लाबाट प्राप्त नामावली केन्द्रमा पठाइएको प्रदेश सभापति श्रेष्ठले बताए । प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारका लागि मुस्ताङबाट सुदेश गुरुङ, मनाङबाट मुखिया गुरुङ, लमजुङबाट धर्म केसी, म्याग्दीबाट हरि केसी, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा शेषरमण न्यौपाने र तनहुँ २ बाट विजय जोशी सिफारिस भएका छन् ।
स्याङ्जा १ बाट बोधराज रेग्मी, स्याङ्जा २ बाट टीकाराज गुरुङ, बागलुङ १ बाट इन्जिनियर खिमानन्द कँडेल, बागलुङ २ बाट तिला खत्री, पर्वतबाट जलबहादुर पुर्जा पुन र सन्तोष रेग्मी, नवलपुर १ बाट ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल र नवलपुर २ बाट शालिकराम न्यौपाने सिफारिस भएका छन् ।
गोरखा १ बाट सुवर्ण रोकाहा, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी र बाबुराम मरहठ्ठा, कास्की १ बाट राजु राई र कमल लामिछाने, कास्की २ बाट माधवप्रसाद कँडेल, कास्की ३ बाट योगराज पौडेल सिफारिस भएका छन् । ‘प्रदेशबाट २३ जनाको नाम केन्द्रमा पठाइएको छ, पार्टीको आन्तरिक चुनावबाट उम्मेदवारको नाम हेरफेर हुन सक्छ,’ उनले भने ।
४ वटा निर्वाचन क्षेत्रमा सहमति हुन नसकेका नाममा पार्टीको विधान अनुसार आन्तरिक प्रारम्भिक निर्वाचनबाट छनोट गरी उम्मेदवार सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए ।









व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया