एमाले कास्कीद्धारा युवाहरुलाई पत्रकारिता साक्षरता

पोखरा ।
नेकपा (एमाले) कास्की प्रचार–प्रसार तथा प्रकाशन विभागको आयोजनामा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा राष्ट्रिय युवा संघ कास्की र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीबाट ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा एमाले कास्कीका उपसचिव एवं प्रचार–प्रसार तथा प्रकाशन विभाग संयोजक दर्शन लामाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारिक जिवनमा लागु गर्न अनुरोध गरे ।
‘तालिमबाट पाएका सिप र ज्ञानलाई सही सदुपयोग गर्नु पर्छ,’ लामाले भने, ‘आफुसँग भएको ज्ञान प्रयोग गरेर जनहितमा लाग्नु पर्छ ।’
लामाले युवा देशको मुख्य शक्ति रहेको बताए । ‘युवाको जोश र सोँचलाई शक्तिमा परिणत गर्नु पर्छ,’ उनले भने, ‘सहि र गलत के हो भनेर छुट्याउने र प्रष्ट रुपमा भन्न सक्ने क्षमता युवाहरुमा छ ।’
एमालेले राष्ट्र निर्माणमा खेलेको भूमिकालाई जनताले मुल्याङ्कन गरेको लामाको भनाई छ । ‘एमाले सत्तामा हुँदा होस् या बाहिर, जहिलेपनि राष्ट्रको हितमा काम गरेको छ र गर्ने छ,’ उनले भने, ‘सबै कामको जनताले मुल्याङ्कन गरेको हुनाले आउँदो मसिर ४ गतेको चुनावमा कास्की जिल्लाबाट सबै क्षेत्रमा हाम्रो जित हुने छ ।’
प्रेस चौतारी कास्कीका अध्यक्ष तथा पत्रकारिताका प्राध्यापक अर्जुन गिरीले आधारभूत पत्रकारिता सम्बन्धि प्रशिक्षण दिएका हुन् । प्राध्यापक गिरीले समाचार जाहिलेपनि तथ्यपरक हुनु पर्ने बताए । ‘कुनै पनि समाचार निष्पक्ष, आधिकारिक र तथ्यपरक हुन पर्छ,’ उनले भने, ‘विशेष गरि समाचार लेख्दा आशय मोडिने गरि लेख्न पाईदैन ।’
पत्रकारिता समाजप्रति उत्तरदायी हुनु पर्ने गिरीको भनाई थियो । ‘समाज र न्यायको पक्षमा कलम उठाउनु पर्छ,’ गिरीले भने, ‘सत्यको पक्षमा अघि बढ्दा आलोचना र चुनौति दुवै हुन सक्छ तर निडर भएर अघि बढ्नु पर्छ ।’







एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण
जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया