मनास्लु आधार शिविरमा हिमपहिरो जाँदा पाँच आरोही बेपत्ता
समाधान संवाददाता
२०७९ असोज १० गते १७:१६
पोखरा ।
मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् ।
हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् ।उनीहरु सबैजना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए ।
बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको प्रहरी कार्यालयले बताएको छ। मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्।
प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया