एकै पटक ४ सय ट्याक्सीलाई क्युआर कोड

समाधान संवाददाता २०७९ असोज १० गते १७:२३

पोखरा ।
गण्डकी प्रदेशका ट्याक्सीलाई डिजिटल कारोबारमैत्री बनाउने अभियानसहित एनआइसी एसिया बैंकले गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लिमिटेड अन्तर्गत सञ्चालित ट्याक्सीलाई निःशुल्क क्युआर कोड दिन थालेको छ । शुक्रबार बैंकका निक्षेप तथा डिजिटल व्यवसायका गण्डकी प्रदेश व्यवस्थापक शालिकराम गिरीले गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लिमिटेडका अध्यक्ष गान्धिराज गिरीलाई क्युआर कोड र स्टिकर हस्तान्त्रण गरेका हुन् ।

अभियानले पोखरा महानगरपालिका क्षेत्रमा डिजिटल कारोबार बढाउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ । बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै बैंकले देशका हरेक क्षेत्रमा डिजिटल भुक्तानी सेवालाई बिशेष अभियान नै चलाइरहेको उल्लेख गरे ।

बैंकले हाल क्युआर कोड सेवा प्राप्त गर्न सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकलाई शून्य मौज्दातमै १ वर्षका लागि १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमासमेत उपलब्ध गराउँदै आएको छ ।

Advertisement

एनआइसीका मुलुकभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटिएम र १ सय २ विस्तारित काउन्टर छन् ।

Advertisement

तपाईको प्रतिक्रिया