जल्धारेको सेयर पुँजी ५ करोड

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेकोे जल्धारे बचत तथा ऋण सहकारी संस्था १४ वर्षमा आईपुग्दा झण्डै ५ करोड सेयर पुँजी पुगेको छ । चालु आर्थिक वर्षसम्ममा १ हजार ५२ सेयर सदस्यमार्फत ४ करोड ७९ लाख ४७ हजार सेयर पुँजी जम्मा भएको छ ।
सोमबार भएको सहकारीको १४ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनमा पोखरा २६ का वडाध्यक्ष नरेन थापाले स्थानीय स्तरको विकास, निर्माणमा सामाजिक संघ, संस्थाको सहकार्यमा अगाडि बढ्ने बताए । उनले वडा भित्र रहेका सहकारीहरुले सामूहिक रुपमा उत्पादनशील क्षेत्रमा लगानीका योजना बनाउनुपर्ने सुझाव दिए ।
राष्ट्रिय सहकारी बैंक तालचोक शाखा प्रमुख सन्तोष घिमिरेले सहकारीले लगानी गर्दा सुरक्षित धितोलाई ख्याल गर्नुपर्ने र आर्थिक पारदर्शिताबारे सेयर सदस्य सजग हुनुपर्ने बताए ।
संस्थाका अध्यक्ष श्रीकान्त ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्रमोहन अधिकारी, पोखरा २६ का निवर्तमान वडाध्यक्ष नारायणप्रसाद बराल, सेयर सदस्य ईश्वरी अधिकारी, विष्णु सुवेदी, शिक्षा उप समिति संयोजक सविता भण्डारी, सचिव विचित्रनाथ ढुुंगाना, उपाध्यक्ष शारदा बराल, पूर्वअध्यक्ष मनोहरि ढुंगाना लगायतले बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया