कास्कीमा पाइप चोरी आरोपमा पक्राउ वडा सदस्य रुख चिन्हबाट जितेका माओवादी !

समाधान संवाददाता २०७९ असोज १० गते १८:४१

पोखरा ।


थाक खानेपानी अयोजनाका पाइप चोरी आरोपमा पक्राउ परेको जनप्रतिनिधि आफ्नो पार्टी सदस्य नरहेको नेपाली कांग्रेस मादीले जनाएको छ । नेपाली कांग्रेस मादीका अध्यक्ष यमबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै ती जनप्रतिनिधि कांग्रेसको साधारण सदस्य पनि नरहेको जनाएका हुन् ।


मादी १ का सदस्य खरजंग गुरुङ खानेपानी पाइप चोरी आरोपमा पक्राउ परेका थिए । उनी रुख चुनाव चिह्न लिएर निर्वाचित भएका हुन् । निर्वाचन कानुन अनुसार कुनै पार्टी वा स्वतन्त्र व्यक्ति जुन पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित हुन्छ, ऊ त्यही पार्टीको हुन्छ । उसलाई कारबाही गर्ने राजनीतिक हक त्यही पार्टीको हुन्छ । त्यसैले खरजंग आधिकारिक रुपमा कांग्रेसकै जनप्रतिनिधि मानिन्छन् । निर्वाचन आयोगको वेबसाइटमा पनि उनी कांग्रेस जनप्रतिनिधि भएको देखिन्छ ।

Advertisement


खरजंगले वडा सदस्य उठ्दा कांग्रेसको रुख चिन्ह नै लिएका थिए । तर उनी खासमा माओवादीका कार्यकर्ता रहेको बुझिएको छ । उनी माओवादीको भातृ संगठन वाइसिएलका मादी गाउँ उपाध्यक्ष समेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया