नदीपुर सर्‍यो पद्म नर्सिङ होम

समाधान संवाददाता २०७९ असोज ११ गते ११:३४

पोखरा ।
पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ होमले नदीपुरबाट सेवा दिन थालेको छ । २७ २७ वर्षदेखि पोखराको न्युरोडमा रहेको यो अस्पताल सोमबारबाट पोखरा ३ नदीपुरमा आफ्नै सुविधा सम्पन्न भवनमा सरेको हो ।

नर्सिङहोमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायतका सेवालाई यथावत राखेको जनाएको छ । छिट्टै नै आइसियु, एनआइसियु, पिआइसियु सिटिस्क्यान, एमआरआई लगायतका सेवा थप गर्ने तयारी गरेको प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिए ।

‘हामीले सबै प्रकारका सेवा दिने तयारी गरेका छौं । आइसियु, एनआइसियु, पिआइसियु सिटि–स्क्यान, एमआरआइ लगायतका सेवा थप्ने तयारी भएको छ ।’ कार्तिक वा मंसिरसम्म यी सेवा थाल्ने अस्पतालको तयारी छ । अहिले वरिस्ठ नेत्ररोग विशेषज्ञ प्राडा सचेत प्रभात श्रेष्ठ, वरिष्ठ रेडियोलोजिस्ठ डा कालु शर्मा सुवेदी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतम, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. कुलदीप नारायण अग्रहरी, एलर्जी छाला तथा यौन रोग विशेषज्ञ डा. प्रवीण बानियाँ, वरिष्ठ फेमिली फिजिसियन डा. तरुण पौडेल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जुनु श्रेष्ठ, वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला यहाँ कार्यरत छन् ।

Advertisement

यस्तै, स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी सुनार, बालरोग विशेषज्ञ डा. नम्रता केसी, नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. उपेन्द्रजंग थापा, वरिष्ठ युरोलोजिस्ट डा. ध्रुव अधिकारी, वरिष्ठ जनरल सर्जन डा. ऋषि ढकाल, जनरल सर्जन डा. ओम कार्की, फिजिसियन डा. सुदर्शन सुवेदी, एनेस्थेसिया डा अनिल न्यौपाने, बाल दन्तरोग विशेषज्ञ डा भावना सिग्देल, ल्याप्रोस्कोपिक सर्जन डा सुनील ज्वारचन, एनेस्थेसिया डा वसन्त कोइराला, वरिष्ठ नेत्ररोग रेटिना एवं फेको विशेषज्ञ डा सयम बजिमय, नेत्ररोग विशेषज्ञ डा जोत्सना शर्मा सुवेदी, फिजिसियन डा. असिम बाटाजु लगायतका चिकित्सकले सेवा दिइरहेका छन् ।

नदीपुरमा स्थानान्तरण भएसँगै ५० बेड क्षमताबाट १ सय बेडमा स्तरोन्नतिको तयारी भएको छ । प्रालिका अध्यक्ष इन्दिरा शर्मा सुवेदीले निर्माणको काम अझै केही बाँकी रहेकाले थप सेवा सञ्चालनमा आउन भने केही दिन लाग्ने सक्ने जानकारी दिइन् ।

Advertisement

प्रालिका सञ्चालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले पद्म नर्सिङ होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरी काम भइरहेको बताए । सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया